• २०८३ जेष्ठ २१ गते बिहिवार

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौँ ।नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरको छ । विहिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ८ विकेट गुमाउदै ६२ रन मात्र बनाएको थियो ।

यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । नेपालले यसअघि बुधबार कतारलाई पराजित गरेको थियो । समुह डी मा रहेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब नेपालले अर्को खेल शनिबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस