जेठ ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत सांसदहरूको हस्ताक्षरसहित नयाँ सरकारको लागि शीतलनिवास पुगेका छन्। विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई नभेट्दै उनी शीतलनिवास पुगेर १४९ सांसदहरूको हस्ताक्षर बुझाएको दाबी ओली पक्षको रहेको छ।
विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी बोकेर शीतलनिवास पुगेका छन्। विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताब गर्ने तयारी गरेको छ।
https://khabar24nepal.com/05/21/2021/71953