पौष, ६ काठमाडौँ । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ ।

मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको हो । पहिलो खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हराएको थियो । दोस्रो जीतसँगै मेलबर्न ४ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।
जीतका लागि मेलबर्नले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेकोमा होबार्टले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ११ रन बनाउन सक्यो ।