• २०८३ भाद्र ११ गते बिहिवार

भारतको जितमा बाधक बने दिनुषा, दोस्रो टेस्ट बराबरीमा सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट बराबरीमा सकिएपछि भारतले दुई खेलको टेस्ट सिरिज १-० ले जितेको छ । कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लबमा भएको खेलको अन्तिम दिन श्रीलंकाले दोस्रो इनिङ्समा ४२९ रनमा ९ विकेट गुमाएर खेल समाप्त गरेपछि भारत जितबाट वञ्चित भएको हो ।

भारतले पहिलो इनिङ्समा ९ विकेट गुमाएर ५०३ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । श्रीलंका पहिलो इनिङ्समा २९० रनमै समेटिएपछि भारतले २१३ रनको अग्रता लिएको थियो र श्रीलंकालाई पुनः ब्याटिङमा बोलाएको थियो ।

श्रीलंकाको दोस्रो इनिङ्समा सोनाल दिनुषाले उत्कृष्ट प्रदर्शन गर्दै १३३ रनमा अविजित रहे । उनको धैर्यपूर्ण ब्याटिङसँगै श्रीलंकाले भारतका बलरलाई अन्तिम दिन विकेट लिन नदिएर खेल बराबरी गरेको छ ।

यसअघि पहिलो टेस्टमा भारतले श्रीलंकालाई १६५ रनले पराजित गरेको थियो । दोस्रो टेस्ट बराबरीमा सकिएसँगै भारतले सिरिज भने आफ्नो पक्षमा पारेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस