• २०८३ बैशाख २१ गते सोमवार

बसको ठक्करबाट एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष  ४ ,झापा ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेलको मृत्यु भएको हो ।

बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस