• २०८३ बैशाख ३० गते बुधवार

बाँझो जमिनमा स्याउ खेति गर्दे मुगुका किसान

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख ३०,मुगु । हिमाली जिल्ला मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्न थालेपछि किसानहरुले धमाधम बाँझो जमिनको सदुपयोग गर्दे स्याउ खेति गर्न थालेका छन् । मुगुको छायानाथ रारा नगरपालिका वडा नं १० , ११ लगायतका अन्य स्थानरुमा स्याउको माग बढेपछि किसानहरु बाँझो जमिनमा स्याउ खेतीप्रति आकर्षित भएका हुन ।

यतिबेला मुगुका किसानहरु स्याउको बिरुवाको रेखदेख , गोडमेल, मलजल हेरचाह बस्तु भाउको निगरानि लगायका काममा ब्यस्त भएका छन् । माघ–फागुन महिना स्याउका बिरुवामा पालुवा, कोपिला हाल्ने फुल फुल्ने समय भएकाले अनावश्यक हाँगा काँटछाँट, गोडमेल, मलजल गर्ने मुगुका किसानहरु ब्यस्त देखिन्छन् । त्यसैले काँटछाँट, गोडमेल, मलजल, निलोतुथो, चुना लगाएपछि स्याउको उत्पादन राम्रो हुने छायानाथ रारा नगरपालिका वडा नं ११ का किसान मान बहादुर कुमाईले बताए । यतिबेला आफ्नै बगानमा एक सय भन्दा बढि स्याउका बिरुवा रहेका । स्याउ खेति गरेर जिविकोपार्जन बन्नुका साथै रोजगारीको यात्रा पहिल्याउने उनको भनाई छ ।

बिगतका बर्षहरुमा ‘कोदो, जौ, गहुँ, तरकारी खेतीले बालबच्चा र घर चलाउन समस्या भयो । पछिल्लो समयमा सडक सन्जाल जोडिएपछि स्याउको माग बढ्न थाल्यो । त्यसैले पुरानो काम छाडेर स्याउ खेती शुरु गरेका हौं । घरखर्च र छोराछोरीहरुको पढाइ खर्च स्याउ खेतीले धान्ने उनको विश्वास छ ।
उनले थपे यस र्याङच्याकाटी गाउँमा २३ जनाको समुह बनाई कृषि विकास कार्यालय बाट पाएको अनुदान कार्यक्रममा १ हजार ४ सय स्याउका विरुवा वितरण हुदा यहाका किसानले आफ्नो बगैचामा खेति सुरु गरेर स्याउ लाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनु अग्रसर रहेको बताए । जौ गहँु ,फापर,कोदो, आलु खेतीबाट राम्रो आम्दानी नभएकाले स्याउ खेतीबाट राम्रो हुने भएकाले एक दशकदेखि किसानहरु स्याउ खेतिमै अग्रसर छन् । बिहान उठेदेखि बेलुकीसम्म स्याउकै स्याहसुहारमा व्यस्त रहेको छाँयानाथ रारा नगरपालिका १० का किसान कालि बहादुर बुढाले बताए । मुगु जिल्ला स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो ।

बिशेष गरेर कृषि विकास कार्यालय मुगुले लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत आवश्यकताका आधारमा सत प्रतिशत अनुदान मार्फत र्याङच्याकाटी गाउँमा स्याउ खेति कार्यक्रम गरिएको छ । उचित हावापानी र आवश्यकताका आधारमा कर्णाली प्रदेश सभाका सदस्यहरुले छनौट गरेर सो क्षेत्रमा स्याउ क्षेत्र बिस्तार कार्यक्रम लागु गरिएको कृषि विकास कार्यालय मुगुक कार्यालय प्रमुख गणेश बहादुर अधिकारीले बताए ।

उनका अनुसार २३ जना किसानलाई स्याउ र ओखरका विरुवा बितरण गरिएको छ । किसानहरुले व्यवसायिक स्याउ खेती गरि रहेको भएपनि प्राविधिक ज्ञानको अभाव रहेकोले यो वर्ष सँगै आगामि वर्षहरुमा किसानको स्याउ बगैचामा पुगेर प्राविधिक ज्ञान प्रदान गरिने उनको भनाई छ । बाँझो जमिन सँगै अन्य बगैचामा लगाएका स्याउका बिरुवाहरुको मंगलवार जिल्ला स्थित सयुक्त टोलीले अनुगमन गरेको छ । अनुगमनमा गएको टोलिले स्याउ लाई प्रभावकारी रुपमा अगाडी बढाई आयआर्जनमा जोड दिन अपिल गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस