वैशाख २८, काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा नियमवालीको विरोध गरेको छ । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन नेपाली काँग्रेसका सचेतक राईले नियमावलीले विशेष व्यवस्था गरेर संसद लाई कानुन भन्दा माथि राखेको भन्दै विरोध गरेका छन् । उनले नियमावली विशेष कानुन नभएको भन्दै यो कानुनसँग बाझिएको भन्दै संशोधन गर्न माग गरेका छन् ।

उनले सुकुम्बासीको बस्तिमा डोजर लगाएर सरकार संबेदनशील नबनेको आरोप लगाउदै सुकुम्बासीको व्यवस्थापन गर्न माग गरे । राईले सरकार कानुन र संबिधानभन्दा माथि हो भन्दै उनले अध्यादेशबाट प्रधानमन्त्रीलाई शक्तिशाली बनाएको उल्लेख गर्दै दुई तिहाईको सरकार संसदसँग किन डराएको भन्दै प्रश्न गरेका छन् ।