मंसिर १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव देखिएको छ । जसका प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदलीको अवस्था छ र अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज बिहान साढे ६ बजेको काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै महाशाखाले प्रदेश नं १,बाग्मती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।