• २०८३ बैशाख १९ गते शनिवार

हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दा सरकारको काम प्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले गुम्बा र मन्दिर भत्काउने बालेनलाई के भन्नु हुन्छ भन्दै अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्- ‘गुम्बा र मन्दिर भत्काउने बालेनलाई के भन्नु हुन्छ ? अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो यो धर्तीमा फेरि ! नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्ला जस्तो देखियो !’ सरकारले सुकुम्बासी बस्तिमा डोजर चलाएको विषयमा साम्पाङले लगातार विरोध गर्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस