• २०८३ असार १२ गते शुक्रवार

मुख्यमन्त्री राउतद्वारा मृतकका परिवारलाई राहत र घाइतेको उपचार खर्च व्यहाेर्ने प्रतिबद्धता

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर,२९ धनुषा । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम बिस्फोटन घटनाका पीडित परिवारलाई भेटेका छन् ।

आज बिहान टोलीसहित घटनास्थल पुगेका प्रदेश- २ का मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रतिमृतक राहत रकम समेत उपलब्ध गराउने बताए ।

टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन सा कलबार सहितको सहभागिता रहेको थियो । बम बिस्फोट परी प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियाे । साे घटनामा ४ जना घाइते भएको र उनीहरुको उपचार धरानमा भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस