• २०८३ असार १ गते सोमवार

इन्धन आयातमा ५० प्रतिशत भन्सार छुट गर्ने सरकारको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

सरकारले मध्यपूर्वमा जारी युद्धका कारण सातामा दुई दिन बिदा दिने यसअघि नै निर्णय गरिसकेको छ बहने इन्धनको संकट बचत गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल गरिरहेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस