• २०८३ भाद्र ४ गते बिहिवार

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षमा मनोनीत गरेकी छन्। कोषकी संरक्षकको हैसियतमा प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि यो पदमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।

यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो। श्रेष्ठ सिन्धुलीका हुन् र लामो समयदेखि अदालतमा कार्यरत रहेका व्यक्ति हुन्। उनी यसअघि प्रधानमन्त्री सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्त गरेको भन्दै विवादमा परेका थिए। विवादपछि उनलाई सचिवालयबाट हटाइएको थियो।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नो जीवनमा बिर्सन नसकिने गुन लगाएको बताएकी थिइन्। उनले खुलेरै श्रेष्ठको प्रशंसा गरेकी थिइन्।

यो नियुक्तिले प्रधानमन्त्री कार्कीको सचिवालय र निकट सहयोगीहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ, जसले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा निम्त्याएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस