चैत १, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएका छन् ।

आइतबार बिहान ओली निवास भक्तपुरको गुण्डु पुगेर नेता नेपालले समवेदना दिएका हुन् । उनले सो दिवंगत ओलीका बुबा मोहन प्रसाद ओलीलाई श्रद्धान्जली दिएका थिए । ओलीका ९७ बुबाको शुक्रबार निधन भएको थियो ।
