• २०८३ असोज २३ गते शुक्रवार

नेमकिपाको किल्लामा रास्वपाका रुकेश रंजित विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । भक्तपुर- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रंजित विजयी भएका छन् । रंजितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई पराजित गरेका हुन् । सुवालले २८ हजार १४७ मत प्राप्त गरेका थिए । भक्तपुर-१ लाई नेपाल मजदुर किसान पार्टीको किल्ला भनिने गरिएकोमा यस पटक रास्वपाको लहरले सो किल्ला पनि ढलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस