असोज २२, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ दल ‘नेपाल पथ पार्टी’ दर्ता भएको छ। निर्वाचन आयोगले बिहीबार प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र दिएको छ।

प्रसाईंको दल निर्वाचन आयोगमा २२५ नम्बरमा दर्ता भएको छ। नयाँ पार्टीको औपचारिक घोषणा आउँदो मंसिर ७ गते गर्ने प्रसाईंले बताए। यसका लागि झापाको दमकमा घोषणासभा गर्ने तयारी छ। यसअघि उनले डा. धवलशम्शेर राणासँग मिलेर पार्टी खोल्ने बताएका थिए। तर, दुवै जनाबीच मत नमिलेपछि राणाले जय नेपाल पार्टी दर्ता गराएका थिए। अहिले प्रसाईंले पनि छुट्टै पार्टी खोलेका हुन्।