• २०८३ बैशाख ३० गते बुधवार

हर्क साम्पाङ भन्छन्- देशमा प्रधानमन्त्री छैनन् !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन् ।

संसद भवन बाहिर प्रतिक्रिया दिदै उनले भने- ‘प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो । हाम्रो र जनताको धेरै प्रश्नहरु छन् ।’ उनले सरकारले मनलाग्दी रुपमा संसद चलाइरहेको समेत आरोप लगाउदै नीति तथा कार्यक्रमको छलफलमा पनि पर्याप्त समय नदिएको र संसदमा प्रस्तुत गर्नुपर्ने प्रधानमन्त्री नै अनुपस्थित भएको टिप्पणी गरे ।

उनले सरकारको नीति तथा कार्यक्रम सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएपछि संसद भित्रै प्रधानमन्त्रीको राजीनामा माग्दै नारावाजी समेत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस