• २०८३ जेष्ठ २९ गते शुक्रवार

गगनभन्दा अमरेश १९६६ मतले अगाडी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, सर्लाही। सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन् । पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले ४४९६ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले २५३० मत प्राप्त गर्दै पछाएका छन् ।

अमरेशभन्दा गगन १९६६ मतले पछि रहेका छन् । नेकपा एमालेका अम्निश कुमार यादवले ६४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ३५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै सर्लाहीका अन्य तिनै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस