• २०८३ जेष्ठ १८ गते सोमवार

नेप्से १९.२७ अंकले बढ्यो, ५ अर्ब ६४ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टार उर्जाको सेयर ४.१६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ३६ करोड बराबरको कारोबार भएको छ भने अपि पावरको ३३ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस