• २०८३ बैशाख ८ गते मङ्गलवार

कराते टोली रुस जाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
फागुन १२, काठमाडौं । नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच  खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितमा चार पुरुष र एक महिला खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् । पुरुष ७० किलोमा सनीसिंह सुनार, ७५ किलोमा  सागर विष्ट, ८० किलोमा मुकेशकुमार चन्द र ३० किलोमा ब्रिनिश महर्जनले खेल्नेछन् । महिला ५५ किलोमा बबिता कार्कीले प्रतिस्पर्धा गर्नेछिन् ।
प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका ब्रान्च चिफसमेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित  एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस