• २०८३ बैशाख २३ गते बुधवार

रक्षा, कुशल र अलका भए उत्कृष्ट , व्हाईट हाउस धरान को छैठौ ब्याच दिक्षान्तिरित

पढ्न लाग्ने समय : २ मिनेट

.(बिनाेद दर्नाल)

मङ्सिर १३,काठमाडौ ।     व्हाईट हाउस इन्टर्नेशनल ईन्स्टिच्युट अफ होटल म्यनेजमेन्टले हालै आफ्नो छैठौ ब्याचको विद्यार्थीहरुलाई बिदाई तथा अवार्ड बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

,आफ्नो नेपालको अध्यन पछि थप अध्यन तथा इन्टर्नसिपका लागि चाईना जानलागेको विद्यार्थी हरुलाई अध्यन अवधिमा पुर्याएको उनीहरुको दक्षता लाई अध्ययन गरि अवार्ड पनि बितरण गरिएको थियो । अवार्ड पाउने क्रममा छठौ ब्याचका उत्कृष्ट विद्यार्थी को रुपमा डि एच एम तर्फ धरान बाट रक्षा खडगी , कलनरी आर्ट तर्फ धरान बाट कुशल श्रेष्ठ र इटहरी बाट अलका श्रेष्ठ भएका छन ।

त्यसै गरि बेस्ट ट्यालेन्टेड विद्यार्थी को रुपमा बिन्दु सुब्बाले अवार्ड हात पारिन भने बेस्ट सर्भिस तर्फ बर्षा राई र अलका श्रेष्ठ , बेस्ट डिसिप्लिन तर्फ जुनुकला राई, ज्योति सावदेन,नवल वनेम , राजकुमार पासवान , बेस्ट हाउसकिपिङ तर्फ श्रेया प्रधान र प्रबत बिस्ट, बेस्ट फ्रन्ट अफिस तर्फ प्रेमिशा तामाङ र सायरा गुरुङ , बेस्ट फुड प्रोड्क्सन तर्फ कुशल श्रेष्ठ र नसिमा राई ले अवार्ड हात पारेका छन ।

यहाको अध्ययन समाप्त भएपछि विद्यार्थी हरु आफ्नो आगामी अध्ययन तथा रोजगारिको लागि बिश्व का बिभिन्न उत्कृष्ट तारे होटल मा जानेछन , हाल उनिहरु एक बर्षको लागि चाईना गएपनी यदि विद्यार्थीहरुले अझ बढी अध्ययन गर्नु चाहेमा चार बर्ष नै बसि रोजगारी गर्दै अध्ययन गर्ने अवसर पनि प्राप्त गर्ने छन । होटल ब्यवस्थापन मा आफ्नो छुट्टै पहिचान बनाउन सफल यश ईन्स्टिच्युट ले नेपाल बाट सिटिईभिटी तथा बेलायत बाट ओथमको को मान्यता प्राप्त गर्दै आएको छ र हालै यस ईन्स्टिच्युट ले बेलायत को ओथम क्वालिफिकेसनको आधिकारिक रुपमा नेपालको लागि सम्बन्धन पनि बितरण गर्ने अधिकार प्राप्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस