• २०८३ बैशाख ७ गते सोमवार

रुबी साहको मृत्यु प्रकरणका अभियुक्तको आत्मदाहको प्रयास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्। अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको अवस्थामा भेटिएका छन् । उनलाई अहिले गौर अस्पताल पुर्याइएको छ । रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको प्रारम्भिक अनुसन्धानमा खुलेको दाबि गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस