• २०८३ जेष्ठ २० गते बुधवार

धादिङमा बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १२, धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ ।

आइतबार राति पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १२३१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमाग सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

May be an illustration of text that says 'जिल्ला आ.व.: 구ㅇ강으콩 प्रेसविज्मिन.:१७ कार्यालय धादिडवशी, प्रहरी घবिड गिती: २०८२।११११गते ने.सं.११४६। भैसीगाडा स्थित भएको सवारी दु्घंटनामा मृतकहरुको श्रप सनाखत गरिएको" समयमा जिल्ला धाविड, बेनिम्वाट मिति २०८ર।४४।११ अ.०१:३० लोकमागमा पोखराबाट काठमाग्हीं नविको किनारमा भएकोमा जनाको गराइरेन् भैसीगौडा अनि्यन्वित सहकबाट क्यक्तिद्र ख्यड़्ोरा जानकारी Stewart Dominic Ethan प्रारम्भमा सनाखत भएका मृतकहरुका विवरण:- भणका पुरुष (बेलायती नागरिक) काळमाण्डी नििपयुरासुन्वसीगा.पा. नगरालिका मएका मृतकहरुका ၃ခ जिल्ला शुक्लाग्डकी जिलला शुक्लागण्डकी गाईपालिका जिल्सा कास्की, जिल्ला कास्की, काउमाण्डा जिल्ला उलाबारी स्थायी कास्की, भारत. धनश्याम ZHANG, भयकी भयका र३ मनि सुक्ला, गुरुष (भारतिय नागरिक) महिला पिनिया नागरिक) सवक्ातथा सूचना अधिकारी (प्रकाश दाहाल) परहरी नायव उपरीक्षक सम्पर्क ९८५१२२९८६० Ipodhading dpodhading(@gmail.com'

Sharing

प्रतिक्रिया दिनुहोस