पौष ११, मुग । ग्लोवल दिवसमामालिका सामुदायिक विकास केन्द्र मुगुले अतिरिक्त क्रियाकलापको आयोजनागरि दिवस मनाएको छ । दिवसमा संस्थाले विभिन्न प्रकारका क्रियाकलप हाजिरी जवाफ , कविता प्रतियोगिता र र्यालीको आयोजनागरि कार्यालयले दिवस मनाएको हो ।

उक्तदिवससोरु गाउँपालिकाको वडा नं १,२,४ मागरीएको जनाईएको छ । ग्रामिण हिमाली क्षेत्रमादिगो जिविकोपार्जन तथा जैविकविविधता संरक्षण शुलभ परियोजनाअन्तर्गत सोरुका युवाक्लव , बालक्लवलाई हाजिरी जवाफ लगायत अन्यकार्यक्रम गरिएको हो ।
टिडिएच–बिएमजेट,जर्मनको आर्थिक सहयोग ,मानवअधिकार तथावातावरण बिकास केन्द्र (हुरेन्डेक)नेपाल,कालिकोट, मालिका सामुदायिक विकास केन्द्र,मुगूको सहजीकरणमादिवस मनाईएको मालिका सामुदायिकविकास केन्द्र मुगुले जनाएको छ ।
उक्त ग्लोवल दिवसमा कविता प्रतियोगिता गरिएको थियो । कविता प्रतियोगितामा बातावरण संरक्षण र यसको महत्वको शिर्षकमा उक्तप्रतियोगिता गरिएको हो । कविता बाचनमा पुजा नेपाली प्रथम भएका छन् भने त्यस्तै तीर्थ राज नेपाली दृतीया र विजयलक्ष्मि नेपाली तृतीया स्थानमाआएका छन् । संस्थाले विजेताहरु लाई पुरस्कार स्परुप स्टेशनरीका सामानप्रदान गरेको जिल्ला संयोजकनिरु शाहीले बताईन ।
त्यस्तै दिवसमा कविता बाचन मात्र नभएर हाजिरी जवाफ प्रतियोगिता पनि गरिएको छ । हाजिरी जवाफ प्रतियोगितामा प्रथममा होईजालि मल्ल , दोश्रो राजेन्द्र बुढा , तश्रो मान बुढा र चौथोमा एलिना शाही रहेका छन् । उनीहरु लाई पनि पुरस्कारको स्वरुपक्रमश स्टेशनरीका सामान हस्तानतरण गरिएको संयोजक शाहीको भनाई छ । साथै ग्लोवलदिवसमा जैविकविविधता सम्बन्धि र्याली पनि गरिएको थियो ।