• २०८३ बैशाख २१ गते सोमवार

टिकटकर तुलसा अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं । टिकटकबाट चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै तुल्साविरूद्ध अनुसन्धान गरिरहेको हो ।

उनीमाथी ठगी, आपराधिक लाभ सँगसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान भइरहेको प्रहरी अधिकृतले जानकारी दिए । उनले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै परिसरले भ्रम फैलाउन बन्द गर्न भनिएको छ ।

उनीविरूद्ध साउन २२ गते कुमार चिमोरियाले ठगी र आपराधिक लाभको कसुरा जाहेरी दिएका थिए। त्यस कसुरमा अनुसन्धान जारी नै रहेको छ ।

त्यस्तै गत कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पत्राचार समेत गरेको प्रहरीले जनाएको छ।

May be an illustration of text

Sharing

प्रतिक्रिया दिनुहोस