चैत ८, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन् ।