• २०८३ जेष्ठ ९ गते शनिवार

टी-२० विश्वकपमा वेस्ट इण्डिजको लगातार चौथो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । वेस्ट इण्डिजले इटालीलाई ४२ रनले पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको इटालीले १८ ओभरमा १२३ रन मात्र बनाएर अलआउट भएपछि खेल ४२ रनले हारेको हो ।

यसअघि आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

योसँगै वेस्ट इण्डिजले समुह सी मा समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको छ । त्यसैगरी इटालीले ४ खेलमा एक जित र ३ हार बेहोरेर प्रतियोगिताको अन्त्य गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस