• २०८३ बैशाख १७ गते बिहिवार

पशुपतिमा अभद्र व्यवहार गर्ने एक युवक नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजनसँग अभद्र व्यवहार गर्नुका साथै ड्युटीमा खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीको कर्तव्य पालनामा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका- १३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार शिवरात्रि पर्वका कारण मन्दिर क्षेत्रमा ठूलो भीडभाड भएका बेला उनले अव्यवस्थित व्यवहार गर्दै सुरक्षामा खटिएको प्रहरी टोलीको काममा बाधा पुर्‍याएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस