• २०८३ मङ्सिर २ गते मङ्गलवार

टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् . मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । घटनापछि स्थानीयवासी आक्रोशित बन्दै टिपरमा आगो लगाइदिएका छन् भने चालक फरार छन् । अहिल सडक अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस