• २०८३ असार १ गते सोमवार

आज अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौ । “मानवता” भन्ने मुल नारा सहित आज नवौ अन्तराष्ट्रिय विश्व योग दिवस नेपाल सहित संसार भर मनाईदै छ । “योगश्चित्तवृत्तिनिरोधः।। योगसूत्र।। अर्थात चित्त र वृत्तिको निरोध नै योग हो ।” संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक बर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।

योग दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिँदै योगले शारीरिक तथा मानसिक स्वस्थता प्रदान गर्ने बताउनु भएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ “योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रुपमा सबल बनाउन सहयोग पु¥याउँछ। योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने बैज्ञानिक जीवनशैली एवं जीवन पद्वति समेत हो ।”

आज देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाईदै छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस