माघ २१, काठमाडौं । काठमाडौँ–७ का नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठले चुनावी प्रचारलाई तीव्र बनाएका छन्। उनले घरदैलो अभियान, कोणसभा तथा जनसम्पर्क कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका छन्।

चुनावी प्रचारका क्रममा श्रेष्ठले काठमाडौँ–७ को विकास, सुशासन, रोजगारी र आधारभूत सेवा सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताए। उनले स्थानीय समस्यालाई नजिकबाट बुझेको दाबी गर्दै समाधानका लागि संसदमा मजबुत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
श्रेष्ठले एमालेको नेतृत्वमा मात्रै स्थायित्व र विकास सम्भव हुने उल्लेख गर्दै आगामी निर्वाचनमा मतदाताले सूर्य चिह्नमा मतदान गर्ने विश्वास व्यक्त गरे।
काठमाडाैं ७ मा तारकेश्वर वडा नं. ३,४,५, नागर्जुन १,२,३ र काठमाडाैं महानगरका १६,१७,१८ र २५ रहेका छन ।