• २०८३ मङ्सिर ३ गते बुधवार

थपिए १८३ कोरोना सङ्क्रमित, दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा नौ जना गरी जम्मा १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख चार हजार ८०४ पुगेको छ । मन्त्रालयका अनुसार थप ६५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९४ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका हुन् । कारोना निको भएको दर ९७ दशमलव छ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस