• २०८३ भाद्र १७ गते बुधवार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८,सर्लाही  । सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो ।

यसै कानुनी आधारमा जिल्लाको लालबन्दी नगरपालिका – ७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार अंगीकृत नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले नागरिकता हस्तान्तरण गरेका हुन् । आमाको नामबाट नागरिकता वितरण सर्लाही जिल्लामा पहिलो पटक भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस