कार्तिक २६, काठमाडौं । नम्बर २ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरज प्रताप सिंह राष्ट्रियलाई कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका उच्च अधिकृतका अनुसार कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
नेपाल प्रहरीको अब्बल प्रहरी अधिकृत समेत रहेका सिंह अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रुपमा चिनिनुहुन्छ । अपराध अनुसन्धान शाखाबाट बढुवा भई डिआइजी भएसगैं प्रदेश प्रमुखको भुमिकामा रहनु भएको उहाँले धेरै महत्वपुर्ण कार्य सम्पादन गर्नु भएको छ ।