• २०८३ भाद्र ३१ गते बुधवार

आयरल्याण्ड महिला टी-२० विश्वकपमा छनौट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं। आयरल्याण्ड आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएको छ । काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्स अन्तर्गत सुपर सिक्सको खेलमा आइतबार आयरल्याण्डले थाइल्याण्डलाई ६२ रनले पराजित गरेसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछाएको थाइल्याण्ड १६.१ ओभरमा अलआउट हुदै केवल ५६ रन मात्र बनाएको थियो । यसअघि आयरल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।

यस अघि बंगलादेश र नेदरल्याण्डसले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । अब आज हुने अर्को स्कटल्याण्ड र अमेरिकाबीचको खेल नतिजापछि विश्वकपमा छनौट हुने चौथो देशको टुंगो लाग्ने छ । नेपाल भने समुह चरणबाटै बाहिरिएर विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस