• २०८३ कार्तिक २३ गते आइतवार

धनगढीबाट स्रोत नखुलेको रकमसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७,  धनगढी  । धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित भारत घर भएका ३५ वर्षीय राहुल सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस