• २०८३ असार १० गते बुधवार

भोजपुरबाट करिब पाँच सय किलो गाँजासहित ९ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, भोजपुर । हतुवागढी गाउँपालिका-९ मचुवाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय किलोग्राम सहित आमचोक गाउँपालिका-९ बस्ने २९ वर्षीय रूद्र बहादुर श्रेष्ठ समेत ९ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले ना.७ त ३५० नम्बरको ट्याक्टरलाई जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस