- सागर थापा
मंसिर ४, दाङ ।दाङ नेपालगन्ज सुर्खेत प्युठान सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार साझ ७:१६ बजे भूकम्पको धक्का महशुस गरिएको हो।
क्षेत्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५ दशमलव ७ रेक्टरको भूकम्प मापन गरिएकाे छ। धेरै जसो जिल्लाहरुमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
नेपालगन्ज लगायत कोहलपुर तथा सुर्खेतमा समेत भुकम्पको धक्का महसुस गरिएको बताइएको छ ।