• २०८३ बैशाख २४ गते बिहिवार

धादिङमा ढिस्कोले पुरिएका दुई जनाको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा माटोको ढिस्को खसेर पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको छ। स्थानीयको घर प्लास्टर गर्ने क्रममा ढिस्को खसेर दुई जना पुरुष पुरिएका थिए। घटनाको जानकारी पाएलगत्तै गजुरीबाट खटिएको नेपाली सेनाको टोलीले उनीहरूको उद्धार गरेको हो।

भैरव दल गणबाट खटिएको टोलीले उद्धार गरेका दुवैलाई थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस