• २०८३ असार ११ गते बिहिवार

भरूवा बन्दुकसहित प्यूठानबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । मल्लरानी गाउँपालिका-२ मधुगैराबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ५८ वर्षीय डानक बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौली चुजाठाँटीबाट खटिएको प्रहरीले उनको घर नजिकै तोरीको कुनिऊमा लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस