• २०८३ असोज २६ गते सोमवार

निगमले घटायो इन्धनको मुल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले विहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३.९२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १.३७ रुपैयाँले घटेर आएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५६ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३६ भएको निगमले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस