• २०८३ कार्तिक ३० गते आइतवार

छायानाथ रारा नगरपालिकामा ५ वटा विधेयक पारित

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका पाँच वटा विधेयक पारित गरेको छ । नगर प्रमुख बिष्णुकुमार भामको अध्यक्षतामा बसेको १८ औं नगर अधिवेशन विधेयक सभामा विधान सभाको रुपमा लिएर पाँच वटा विधेयक पारित भएका हुन ।

पारित भएका विधेयकमा छायानाथ रारा नगरपालिकाका एकल तथा दलित महिला जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०८२ , छायानाथ रारा नगरपालिका युवाक्लब गठन तथा सञ्चालन सम्बन्धि कार्यविधि २०८२ , लैगिंक समानता र अपांगता सामाजिक समावेशिकरण रणनिति २०८२ , नगर प्रमुखको श्रमदान अभियान कार्यान्वयन सम्बन्धि कार्यविधि २०८२ र बालविवाह न्युनीकरण रोकथाम निति २०८२ कार्यविधिहरु विधेयकहरु पारित गरिएको नगर प्रमुख बिष्णुकुमार भामले बताए । उनका अनुसार विधायन समितिका संयोजक राजबहादुर विकले उक्त विधेयक सभामा पेश गरेका थिए ।

सभामा प्रस्तुत गरिएका विधेयक पारित भएपछि नगर प्रमुख भामले प्रमाणिकरण गर्दे नगरपालिकाको सुशासन , अनियमितता , भ्रस्टचार लगायत स्थानीय विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । सभाकि उपाध्यक्ष ऐश्वर्या मल्लका अनुसार नगरपालिकालाई भ्रस्टचार मुक्त सुन्य सहनशिलता लाई सुशासन , पारदर्शिता कायम गर्न नगरपालिका हरदग लागिरहेको बताईन । पाँच वटा कार्यविधि सभामा पेश भईसकेका छन् । यसलाई हामिले मुर्त रुप दिन नगरपालिकाका जनप्रतिनिधिहरु ऐक्यबद्धता रहेको पनि अवगत गराईन ।

Sharing

प्रतिक्रिया दिनुहोस