• २०८३ मङ्सिर ५ गते शुक्रवार

एसेज सिरिज: स्मिथ र हेडको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २२, काठमाडौँ ।   एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ । टेस्टको तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले पहिलो इनिंगमा ७ विकेट गुमाएर ५१८ रन बनाएको हो । योसँगै अस्ट्रेलियाले पहिलो इनिंगमा अहिलेसम्म १३४ रनको अग्रता हासिल गरेको छ ।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथ १२९ रनको शतकीय पारी खेलेर अविजित रहेका छन् भने उनलाई बेउ वेब्स्टरले ४२ रन बनाएर अविजित रहेका छन् । त्यस्तै यस खेलमा ट्राभिस हेडले १६३ रनको शतकीय पारी खेलेका थिए । यस टेस्टमा यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दै जो रुटको १६० रनको शतकीय पारीको मद्धतले ३८४ रन बनाएको थियो ।

५ खेलको सिरिज अस्ट्रेलियाले ३-१ ले जितिसकेको छ । यस सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको इङल्याण्डले चौथो टेस्ट जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस