असार ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौम सत्ताको रक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रवार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफदिने क्रममा सांसद अशोक कुमार चौधरीको प्रश्नमा प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय सीमा सुरक्षा निगरानीका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

उनले भने ‘ नेपालको सार्वभौम सत्ता राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डता सीमानाको सुरक्षा राष्ट्रिय एकतातथा राष्ट्रिय हितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील छ ।, अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सवल र सुदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भको नियमित मर्मत सम्भार गर्दै जाने र बोर्डर आउटपोष्टको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निमार्ण गर्दै लैजाने विषय सरकारको उच्चप्राथमिकतामा रहेको छ ।