• २०८३ जेष्ठ ६ गते बुधवार

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १८, काठमाडौं ।  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका प्रस्तुत गरेका छन् । शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्ने नयाँ कार्यतालिका पेश गरेआ हुन् ।

उनले पेश गरेको नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । जस अनुसार चैत्र २१ गते गाउँ नगर वडा अधिवेशन, चैत्र २५ गते गाउँ नगरपालिका अधिवेशन, चैत्र २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, २०८३ को बैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, बैशाख ५ गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्ला अधिवेशन, बैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने तालिका पेश भएको छ ।

साथै कार्यवाहक सभापति खड्काले काँग्रेसको विधानको धारा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी र सदस्यको पदावधि २०८३ जेष्ठ मसान्तसम्म थप गर्ने प्रस्ताव छ ।

जारी बैठकमा कार्यवाहक सभापति खड्काको प्रस्तावमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहमत भएका छैनन् ।

उनीहरुले २७ र २८ पुसमा विशेष महाधिवेशनको तयारी गरेपछि पार्टी गुटगत विवादमा परेको छ । दुवैले विहिबार एक विज्ञप्ति जारी गरि यस अघि तोकिएको नियमित महाधिवेशन स्थगन भएको र अबको विकल्प विशेष महाधिवेशन भएको बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस