• २०८३ असार १ गते सोमवार

आगजनी र विध्वंसको विरोध गर्न नसक्नेले एमालेलाई जोड्न थाले- महासचिव पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ११ , काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा एमालेलाई जोड्न लागिएको भन्दै राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् सबैलाई कडा कारबाही गर्न आग्रह गरेका छन् । साथै उनले देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्:
लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ! राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्-सबैलाई कडा कारबाही गरौं । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं ।

Sharing

प्रतिक्रिया दिनुहोस