• २०८३ जेष्ठ २ गते शनिवार

जेनजीसँगको सम्झौताको स्वागत गर्दै विश्वप्रकाश भन्छन्- चुनाव बैशाखमा पुगे पनि केहि बिग्रिन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी प्रतिनिधिबीच भएको स्वागत गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले दलहरू जोडेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो भन्दै कार्यन्वयनमा यसमा करेक्सन गर्न सुझाव दिदै सम्झौताको स्वागत गरेका हुन् ।

उनले फागुन २१ भन्दा मूल प्रश्न समाधान र संबिधान भएको बताउदै जेनजीको अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माण गर्न बैशाख पुग्नु परे केही नबिग्रिने बताएका छन् ।

उनले भनेका छन्:

सरकार-जेनजी सहमतिलाई स्वागत ! दलहरू जोडेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो । कार्यान्वयनमा यो `करेक्सन’ जरुरी छ । फागुन २१ होइन, समाधान र संविधान मुलप्रश्न हो । जेनजी अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माणगर्न पर…मा बैशाख पुग्नुपरे केही बिग्रन्न !

Sharing

प्रतिक्रिया दिनुहोस