• २०८३ बैशाख २५ गते शुक्रवार

सुनील थापाले सलमान खानको फिल्म खेल्दै

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७, काठमाडौँ  । बलिउड अभिनेता सलमान खान प्रोडक्सनको नयाँ फिल्म ‘क्वाथा’ मा अभिनेता सुनील थापा ‘राते काँइला’ खेल्दैछन् ।

थापाले खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने करीब पक्का भएको बताएका छन् । उनले भनेका छन, ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ ।’

३ वटा नेपाली फिल्मको छायांकन बाँकी रहेकाले जनवरीदेखि मात्र फुर्सद हुन्छु, ‘त्यसपछि क्वाथाको छायांकनमा व्यस्त हुन्छु ।’ बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले ‘क्वाथा’ बाटै डेब्यु गर्न लागेकी हुनाले पनि यो फिल्म तीब्र प्रतीक्षित छ ।

आयुष शर्मा मुख्य भूमिकामा रहने छ । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’ मा थापाले त्यहाँको मुखियाको भूमिका गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस