• २०८३ असार १७ गते बुधवार

साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको विजयी शुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं ।  साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले विजयी शुरुवात गरेको छ ।

शुक्रबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । एपीएफको जितमा रश्मि कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरेका थिए ।

योजितपछि एपीएफले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

आजै सम्पन्न पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल बराबरीमा सकिएको थियो । अब एपीएफले डिसेम्बर ११ मा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस