• २०८३ असार १२ गते शुक्रवार

पाल्पाबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं ।  तानसेन नगरपालिका-१३ केरवादी बस्ने ६४ वर्षीय शालिकराम रेश्मीलाई भरूवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस