• २०८३ बैशाख २७ गते आइतवार

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा ५ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस